पक्की पुलको शिलान्यास


तामाङपेज, १२ फागुन

सूर्यविनायक नगरपालिका–१ सिरुटार–२ को बालकोट जोड्ने सिरुटारको मुख्य सडकमा पर्ने चरखण्डी खोलामा पक्की पुल निर्माणको शिलान्यास गरिएको छ ।

सरकारको एक करोडको लागतमा निर्माण शुरु भएको उक्त पुलको पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले आज शिलान्यास गर्नुभएको हो । पूर्वमन्त्री बस्नेतले विकासमा कुनै पनि पक्ष विपक्ष लिएर जान नहुने बताउँदै चुनावको हारलाई विकासमा समेत हारको मानसिकतालाई साँधेर हिँड्न नहुने बताउनुभयो ।

भक्तपुरको समृद्धि र विकासमा दीर्घकालीन योजनाका साथ अगाडि बढेको बताउँदै उहाँले भक्तपुरलाई सफा, स्वच्छ, सुरक्षित र सूचना प्रविधियुक्त शहर निर्माण गर्न आफू लागिरहेको उहाँले भनाइ राख्नुभयो ।
यसवर्ष मात्रै भक्तपुरमा साना ठूला गरी १५ वटा पुल निर्माण प्रक्रिया अगाडि बढेको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेश नं–३ का सांसद शशीजङ्ग थापाले अबको वर्ष पूर्वाधार निर्माणको वर्ष हुने बताउँदै सो क्षेत्रमा निर्माण गर्न लागिएका सडक, खानेपानी, ढल निकासलगायतका विकास निर्माणका बारेमा जानकारी दिनुभयो ।

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेत र वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा स्थानीय पूर्वाधार विकास र कृषि सडक विभाग (डोलिडार) परियोजना अन्तर्गत रु एक करोडको लागतमा निर्माण हुन लागेको उक्त पुल आगामी वैशाख मसान्तभित्र सम्पन्न गरिने बताउनुभयो ।

प्रकाशित: समय: 11:37:10  371पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार