थाक्दिन म


तामाङपेज , ११ फाल्गुन

 

यात्रा गर्न थाक्दिन म

यात्रा हो जिन्दगी

संगै संगै

हाँस्न  र रुन थाक्दिन म

हाँसो र रुवाइको संगम हो जिन्दगी

अनि त्यसैले भन्छु

सजिलै हुदैन सफलता

लामो यात्राको फल हो जिन्दगी

त्यसैले कहिल्यै घमन्ड गर्दिन म

अजम्बरी चोला कसैको हुदैन।

फेरि म चिन्तित छु।

दुइवटा कुराको चिन्ता लिइरहन्छु।

मेरो सुख अनि अरुको दुख

त्यसैले हाँसो  संगै आँसु पनि बोकि रहन्छु

अरुले खुट्टा तान्छ भनि डर छैन।

फल लागेको बोटमा वटुवाले पनि झाटारो हान्छ।

यो त दुनियाँ को रित नै हो ।

त्यसैले थाक्दिन म

प्रकाशित: समय: 16:29:27  634पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार