नुवाकोट साहित्य पदयात्रा २०७५ विशेषाङक विमाेचनकाे तयारीमा


तामाङपेज, ११ फागुन

नुवाकोट साहित्य प्रतिष्ठान नेपालले विगत केही वर्षदेखि वार्षिक कार्यक्रममा रुपमा नुवाकोट साहित्य पदयात्रालाई अघि सार्दै अाएकाे छ । यस वर्ष पनि गएको भाद्र १६ गते विदुर नगरपालिका विदुर लाेकतान्त्रिक चाैतारा चाेकबाट भैरुमकाेट सम्मकाे पदयात्रा कार्यक्रम सम्पन्न गरेको थियोे ।

पदयात्रा विदुर लाेकतान्त्रिक चाैतारा चाेकबाट शुरु भएर भैरुमकाेटमा पुगेर अाैपचारी कार्यक्रमका रुपमा परिणत भई रचना वाचन कार्यक्रम भएको थियोे ।

कार्यक्रममा सभापति नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकृष्ण अमर , प्रमुख अतिथिमा डा. पुष्कर लाेहनी , विशेष अतिथिमा नुवाकोटका साहित्यका एक बलिया खम्बा श्रीराम श्रेष्ठ रहनुभएकाे थियोे ।उक्त कार्यक्रममा उपस्थित साहित्यका स्रष्टा , रामकृष्ण अमर , पुष्कर लाेहनी , करण तामाङ घलान सायर , सुमित्रा सुमि श्रीराम श्रेष्ठ लगायत धेरै स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो ।

साेही कार्यक्रममा वाचन भएको रचनाहरुलाई यस वर्षकाे नुवाकोट साहित्य पदयात्रा २०७५ विशेषाङकका रुपमा प्रकाशन गरिएको छ । यस विशेषाङककाे विमाेचनकाे तयारी भएको छ । विमाेचन कार्यक्रम यही फाल्गुन १५ गते भैरुमकाेट नुवाकोटमा विहान ११ बजे गरिने निर्णय भएको कुरा नुवाकोट साहित्य प्रतिष्ठान नेपालका वर्तमान अध्यक्ष रामकृष्ण अमरले बताउनु भएको छ ।

प्रकाशित: समय: 15:09:55  583पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार