महिला भलिबलकोे उपाधि काठमाडाँैलाई


तामाङपेज, ११ फागुन

प्रदेशन नं ३ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि काठमाडाँैले हात पारेको छ ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता २०७५ को राष्ट्रिय महिला भलिबल टिम छनोटका लागि भएको फाइनल खेलमा काठमाडौँले चितवनलाई २५–१०, २५–१७ र २५–१९को सोझो सेटमा हराउँदै जित हात पारेको हो ।

बुधबारबाट शुरु भएको भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । काठमाडाँैकी प्रतिभा माली खेलकै सर्वोत्कृष्ट खेलाडी बन्नुभएको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा ललितपुरलाई रामेछापले २१–२५, २५–१४ र २५–१९ को सेटमा हराएको छ । रामेछापकी प्रेममाया लामा सर्वोत्कृष्ट खेलाडी बन्नुभएको छ । प्रदेश खेलकूद परिषद् प्रदेश नं ३ को आयोजनामा भएको सो प्रतियोगितामा प्रदेशका १२ जिल्लाको सहभागिता रहेको संयोजक उमेश केसीले जानकारी दिनुभयो ।

प्रकाशित: समय: 11:35:37  430पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार