तामाङपेज, ११ फागुन
विदुर नगरपालिका वडा न २ नुवाकोट दरबार नजिकै रहेको एनसेलको टावरमा शुक्रबार राति आगजनी भएको छ ।
टावरमा आगलागी भए पश्चात् साे टावरबाट प्रसारण हुने सेवा क्षेत्रमा एनसेल प्रयाेगकर्ताहरुमा सेवा अबरुद्ध भएको छ । टावरमा आफै आगजनी भएको वा व्यक्तिले आगाे लगाएको भन्ने कुरा स्पष्ट हुन सकेको छैन । पूरा क्षतिकाे विवरण भने आउन बाँकी नुवाकोट प्रहरीले जनाएको छ ।