तामाङपेज, १० फागुन
रसुवाको उत्तरगया गाउ“पालिका ४ मा रेडियो श्रोता समुहको बैठक सम्पन्न भएको छ ।
नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना अन्तरगर्त सम्पन्न भएको कार्यक्रममा रेडियो लाङटाङ बाट हरेक साता आईतबार बज्ने कार्यक्रम साझाबोलि सुनेर लागेको प्रतिक्रिया सल्लाह सुझाब लिने र छलफल हुने थलो हो । कार्यक्रम अन्र्तगत इक्वल एक्सेस नेपालले उत्पादन गर्ने र नेपालका ४० वटा रेडियोबाट प्रशारण हुने साझाबोली रेडियो कार्यक्रम सुन्ने र छलफल गर्ने सदस्यहरु वाट प्रतिक्रिया दिने गरेका छन ।स्थानिय र केन्द्रिय गरि साझा बोलि कार्यक्रम २ तरिकाले उत्पादन र प्रसारण हुन्छ ।
उत्तरगया गाउपालिका वडा नं। ४ कर्मिडाडा“ मा गठन भएको रेडियो श्रोता समुहका सदस्यहरु लाई कार्यक्रम को जानकारि र सचेत गराउनका लागि सहजकर्ता भगवति न्यौपानेले ठुलो भुमिका खेल्नु भएको छ ।रेडियो सा्रेता समुहको बैठक महिनाको २ पटक बस्ने आफनो गाउ समाजको समस्या रेडियो कार्यक्रम मार्फत उठाउने र समाधान को उपायको खोजि गर्ने काम यस समुहले गर्दै आएको सहजकर्ता भगवति न्यौपाने बताउनुहुन्छ ।
कार्यक्रम साझाबोलिमा स्थानिय तहले दिने बिषयगत सेवाहरु शिक्षा,स्वास्थ्य,कृषि र विपत ब्यवस्थापन भित्र को समस्या र सवालहरु मा रहेर छलफल हुने रेडियो कार्यक्रम हो ।
आजको बैठकमा स्थानिय संस्करण को ५० इपिसोड सुनेर प्रतिक्रिया रेकर्ड गरिएको थियो जुन कार्यक्रममा प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजनाको बारेमा छलफल गरेको थियो । पहिला यो परियोजना कहा“ सञ्चालन भएको ,कहिले बाट सञ्चालन भएको र यसको फाइदा के हो भन्ने बारेमा थाहा नपाएको अनि कार्यक्रम सुनेपछि सबै जानकार भएको भन्दै रेडियो श्रोता समुहका सदस्यहरु ख्ुासि भएका थिए ।