साझा सभा एप्स ओरेन्टेशन कार्यक्रम सम्पन्न


तामाङपेज, १० फागुन

कालिका गाउ“पालिका २ कालिकास्थानमा साझा सभा एप्स ओरेन्टेशन कार्यक्रम सम्पन्न भएको छ ।

ओरेन्टेशन कार्यक्रम मा साझा सभा एप्स बारे जानकारि गराउनु भयो जुन एप्स बाट आफनो समाज ,गाउ“पालिका को समस्या सजिलै राख्न पाउने र छिटै साझा सभा बाट समस्या समाधान हुने भएकाले निकै उपयोगि भएको सहभागि साथिहरु बताउनु हुन्छ ।

नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना अन्तरगर्त सम्पन्न भएको कार्यक्रममा आफनो मोबाईलमा साझा सभा एप्स कसरि डाउनलोड गरि खाता खोल्ने र आफनो गाउ“ठाउ“ंको समस्या सजिलै पोष्ट गर्ने भन्ने सिकाई भएको थियो ।पछिल्लो क्रममा सबैको हात हात मा मोबाइल , इन्टरनेट भईरहदा त्यसलाई सहि सदुपयोग गरि सामाजिक कार्य को लागि लाग्नुपर्ने बताए ।

गाउ“ठाउ“ंमा समस्या भए पनि युवा साथिहरुले अन्तरक्रिया कार्यक्रममा सहभागि भएर समस्या राख्न डर लाग्ने ,बोल्न डर लाग्ने अवस्थामा यो एप्स ले भएको समस्या सजिलै सम्बन्धित ठाउंमा पुग्ने भन्दै सहभागिहरु ख्ुासि भएका थिए ।

१८ देखि २५ वर्ष सम्मको फेसबुक , ईन्टरनेट चलाउने २० जना युवा साथिहूको उपस्थिति रहेको थियो । साथै समाज रुपान्तरणको लागि युवा साथि जागरुप हुने प्रतिवद्धता गर्नुभएको छ । कार्यक्रमको सहजिकरण सामुदायिक विकास केन्द्रले गर्नुभएको हो ।

प्रकाशित: समय: 16:41:01  1182पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार