तामाङपेज, ९ फागुन
क्षेत्रफलको हिसाबले नेपाल सानाे भए पनि विभिन्न खेलहरुले नेपाल विश्वमा परिचित हुन सफल रहेको धेरै उदाहरणहरु पाउन सकिन्छ । आठौँ राष्ट्रिय प्रतियोगिताहरु विभिन्न प्रदेशका विभिन्न ठाउँहरुमा भईरहेको छ र कतिपय प्रतियोगिताहरु हुने क्रममा रहेको छ ।अाठाै राष्ट्रिय कराँते प्रतियोगिताकाे लागि प्रदेश नम्बर ३ काे कराँते छनाैट प्रतियोगिता नुवाकोटमा हुने भएको छ ।
नुवाकोट जिल्ला खेलकुद परिषद् र ३ नम्बर प्रदेश खेलकुद परिषद्काे समन्वय यही फाल्गुन २४ गते देखि २८ गते सम्म नुवाकोटको बट्टारमा कराँते प्रतियोगिता हुने भएको छ । यस प्रतियोगितामा च्याम्पियन(प्रथम) हुन सफल खेलाडीहरु राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने नेपाल सितोरियो कराँते नुवाकोट जिल्ला प्रमुख प्रशिक्षक उत्तम राईले बताउनु भएको छ ।
कराँते प्रतियोगिताकाे उद्घाटन समारोहमा विभिन्न देश भक्तिले अाेतप्राेत भएको सांगीतिक धमका पनि रहने भएको छ । कार्यक्रमकाे सांगीतिक विभागमा संयाेजक नेपाल सितोरियो कराँते संघ नुवाकोट जिल्ला सदस्य करण तामाङ रहेकाे कुरा प्रमुख राईले थप जानकारी दिनुभएको छ ।