स्थानिय सभाको बैठक सम्पन्न


तामाङपेज, ८ फागुन

रसुवाको उत्तरगया गाउपालिका वडा नं ४ कर्मिडांडा वडा कार्यलय वडा अदक्ष्य केशर बहादुर बुलुन को सभापतित्वमा स्थानिय सभाको बैठक सम्पन्न भएको छ ।

नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना अन्तरगर्त सामुदायिक बिकास केन्द्र नेपाल द्वारा सञ्चालित स्थानिय सभाको बैठक मा उत्तरगया गाउपालिका वडा नं ४ वडा अदक्ष्य केशर बहादुर बुलुन ,वडा सदस्य ,संघसंस्थाका प्रतिनिधि,बुद्विजिवि र सर्वसाधारणहस्को उपस्थिति रहेको थियो । कार्यक्रममा बिषयगत सेवा मा पहिलाको भन्दा अहिले कस्तो परिवर्तन र सफल भएका छन । विकासे कामहरु कुन स्पमा चलिरहेको छ। भन्ने विषयमा छलफल भएको थियो ।

बैठकमा शिक्षा, स्वास्थ्य, कृषि र विपत ब्यवस्थापनको समस्या पहिचान गरि समाधानका उपायका पहिल्याउन सम्बन्धित विषयमा शिक्षा, स्वास्थ्य, कृषि र विपत ब्यवस्थापनको समस्याह?को अध्ययन गर्ने र स्थानीय सभाको बैठकमा सवाल राख्ने प्रतिबद्धता समेत गरेका छन् । कृषि, स्वास्थ्य, शिक्षा र विपत्का क्षेत्रमा सरकारी सेवा प्रभावकारिता, नीतिगत व्यवस्था र त्यसको कार्यान्वयनमा देखिएका समस्या र चूनौती पहिचान गर्ने र सेवाको प्रभावकारी वनाउन सघाउने उद्देश्यले सभा गठन गरिएको हो ।

सभाको नियमित वैठकमा कृषि, शिक्षा, स्वास्थ्य र विपत् सम्बन्धि समस्याह?को पहिचना गरी त्रैमासिक वैठकमा छलफल गर्ने र त्यहाँ समाधान नभएका सवालह? गाउँपालिकामा गठन भएको गाउँपालिका स्तरीय साझेदारी मन्चमा छलफल गरिनेछ ।

प्रकाशित: समय: 15:26:10  604पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार