तामाङपेज, ८ फागुन
किस्पाङ गाउँ पालिका नुवाकोटका क्यान्सर पीडित आशिमा तामाङलाई आज मलेसियाको गदङ कम्पनीमा कार्यरत नेपालीहरुबाट आर्थिक सहयोग प्राप्त भएको छ।
किस्पाङ गाउँ पालीकाको ङ्यालामा तामाङ(हाल मलेसियास्थित गदङ कम्पनीमा कार्यरत)को पहलमा संकलित रु.२७,५५० रकम र कलाकार तथा समाजसेवि बिश्व पासा तामाङको ब्यक्तिगत तर्फबाट रु.२५५० गरी जम्मा रु.३०,१०० रकम वाइबा तामाङ समाजका अध्यक्ष एवम् नेपाल तामाङ घेदुङको केन्द्रिय सदस्य बिगेन्द्रससिंह वाइबाको हातबाट हस्तान्तरण गरिएको छ।
राजधानीको कान्ति बाल अस्पतालमा उपचाररत ८ वर्षिय आशिमा बिगत ९ महिनादेखि ब्लड क्यान्सर जस्ता प्राण घातक रोगबाट ग्रसित छिन्। परिवारको आर्थिक स्थिति कमजोरको कारण भारत सम्म लगेर थप उपचार गर्न नसकिएको परिवारको दुखेसो छ।