तामाङपेज,४ फाल्गुन
आधुनिकीकरण कृषि परियोजना निस्क्रिय भएको छ । कृषि पेशाको व्यवसायीकरण गर्दै जिल्लाको आर्थिक उन्नतीका लागि कृषि आधुनिकीकरण परियोजना सुरु गरिएको हो ।
व्यवसायिकरुपमा कृषिजन्य उद्योग स्थापना गरी कृषिमा आधारित अर्थतन्त्रका माध्यमबाट जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले परियोजना सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु ब्लक क्षेत्र घोषणा गरिएकोको ग्रामिण कृषि कार्यकर्ता बालकृष्ण घिमिरेले बताए ।
कृषि विकास मन्त्रालयले जिल्ला कृषि विकास कार्यालयसँगको सहकार्यमा साना व्यवसायिक कृषि उत्पादन केन्द्र ९पकेट, व्यवसायिक कृषि उत्पादन केन्द्र ९ब्लक परियोजना सुरु गरेको हो । परियोजनाको माध्यमबाट जिल्लालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउँदै आयतित सामानलाई विस्थापित गर्ने लक्ष्य राखिएको छ ।
परियोजना सञ्चालनकाक्रममा जिल्लामा कृषि क्षेत्रको यन्त्रीकरण, पूर्वाधार विकास, व्यवसायिकरण र प्रवद्र्धनका लागि आर्थिक वर्ष २०७३र०७४ मा यो परियोजना सुरु गरेको हो । जिल्लामा आलु, तरकारि , अदुवा, लगायतका विभिन्न प्रजातीका बालीको पकेट क्षेत्र बनाउनाएको थियो ।जिल्लाका किसान, कृषक समूह, कृषि सहकारी, उद्यमीबाट आएका आवेदनका आधारमा पकेट अन्तरगतको परियोजना सञ्चालनको टुंगो लगाइएको घिमिरे ले बताए । यस्तै, कम्तीमा एक सय हेक्टर ओगट्ने ब्लक परियोजना सञ्चालनका लागि जिल्लामा दुई वटा ब्लक निर्धारण गरिएको थियो ।
रसुवाको लहरेपौवा र गत्लाङमा आलुको २ ओटा ब्लक निर्धारण गरेर कृषिको व्यवसायीकरण सम्बन्धी काम थालिएको हो । ब्लक परियोजना सञ्चालनका क्रममा किसानले प्राविधिक, साना सिँचाई, उत्पादन सामग्री लगायतका सहयोग पाउने छन् । परियोजना कम्तीमा दश वर्षसम्म सञ्चालन हुने गरि आए पनि रसुवाको लहरेपौवामा ३ वर्ष नबित्दै यो परियोजना निक्रिय भएको छ भने रसुवाको गत्लाङ मा सञ्चालन भईरहेको ग्रामिण कृषि कार्यकर्ता बालकृष्ण घिमिरेले बताए ।
स्थानिय कृषक रमेश अधिकारि भन्छन । पहिला यो परियोजनाले धेरै राम्रो काम गरेको थियो । जब देश संघियतामा गयो गाउँ गाउँमा सिंहदरबार आयो त्यसपछि कृषकहरु अझै आशाामा थिए । तर गाउपालिका ले आधुनिकीकरण कृषि परियोजना सञ्चालनमा चासो दिनु भएन त्यसैले निस्क्रिय भयो । विदेश मा गएर युवाहरु धेरै दु ःख गरिरहनु भएको छ सबै युवाहरुलाई जिल्ला मै रोजगारिको अवसर दिने हो भने हामि जस्ता युवाहरु बिदेश जादैन थिए । त्यसैले स्थानिय तहले यो कुरालाई मनन गरेर प्रत्येक गाउँ गाउँलाई टोलमा विभाजन गरि कुन ठाउँमा कुन बालि लगाउदा उत्पादन लिन सकिन्छ ठाउँको छनोट गरि स्तरिय खालको दक्ष प्राविद्धिक भए कृषिमा आत्मानिर्भर हुने अधिकारि को भनाई रहेको छ ।