बहराइनमा संघीय लिम्बुवान सामाजिक मञ्चको कार्यक्रम सम्पन्न


तामाङपेज,४ फाल्गुन

बहराइनमा संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास कार्यसमितिको आयोजना गरिएको बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुको मनोबललाई हौसला प्रदान गर्ने र कार्यकाल सफलताको शुभकामना सहित प्रवासमा मितव्यीलाई मजबुत बनाउने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको कार्यसमितिका महासचिव दुर्गा माबोले बताए।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष मन कुमार कङलिवा वरिष्ठ उपाध्यक्षद्वय टङक राज चबेगु, सुन्दर नुगो उपाध्यक्ष पुर्ण लक्सम्बा सनम माखिम वरिष्ठ सल्लाहकार मीन कुमार चबेगु लगायतको उपस्थिति रहेको थियो।

सो बनभोज कार्यक्रम सम्पन्न गर्नको निम्ति यसै कार्यसमितिका सल्लाहकार बादल श्रेष्ठको संयोजकत्वमा ७ सदस्य कार्यसमिति गठन गरि त्यसै कार्यसमितिको सकृयता र सन्चालनमा कार्यक्रम तय गरिएको थियोे।

कार्यक्रममा नव निर्बाचित सम्पूर्ण पदाधिकारीहरुको बाक्लो उपस्थिति बिच सचिव अशोक इवाले कार्यक्रम संचालन गरेका थिए।

उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई विभिन्न परिकारका खानाले स्वागत गरिएको थियो भने विभिन्न गीत संगीतले आस्रीको सामुन्द्रीक तटमा भरपुर मनोरञ्जनका साथ कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित: समय: 9:31:58  485पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार