अनैकोट भ्यु टावरमा २८५५ औं सोनाम ल्होछार तथा साँस्कृतिक विशेष कार्यक्रम सम्पन्न


तामाङपेज,४ फाल्गुन

पाँचखाल१ काभ्रे अनैकोट भ्यु टावरमा २८५५ औं सोनाम ल्होछार तथा साँस्कृतिक विशेष कार्यक्रम भब्यताका साथ  सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ पाँचखाल नगर समितिको आयोजकत्वमा साँस्कृतिक कार्यक्रम आयोजन गरिएको थियो । कार्यक्रम बोन्बोहरुको साङ्गेसेर्गेमबाट शुरु भएको थियो भने ताम्बा र लामाहरुको पनि बिशेष प्रस्तुति रहेको थियोे।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथी प्रदेश नम्बर तीनको माननीय लक्ष्मण लम्सालले दीप प्रज्ज्वलन गरि शुरु भएको थियो । उक्त ल्होछार विशेष साँस्कृतिक पर्व सोनाम ल्होछारको उपलक्ष्यमा प्रमुख अतिथि लम्सालले ल्होछार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्तव्य राख्ने क्रममा भ्यु टावरलाई नै लक्षित गरि भ्यु टावरलाई पर्यटकिय क्षेत्र बनाउन अबको पाँच वर्षभित्र पाँचखाल देखि बनेपा सम्मको बाटो कालोपत्रे गर्ने र बाह्र महिना नै पर्यटकको आवतजावत क्षेत्रका रूपमा परिणत गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो।

कार्यक्रममा तामाङ कलकार संघका केन्द्रीय अध्यक्ष सन्जीव वाइबाको साथमा विश्व दोङ , अमिर दोङ ,शशिकला मोक्तान ,कुइसङ रुम्बा , पुसन लामा , मोनिका मोक्तान, मदन घ्लान र साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो। कलकारहरुले हाँस्य व्यंग्यगात्मक प्रस्तुति दिएर भ्यु टावरलाई अझ रोमान्चित बनाएका थिए।

उक्त ल्होछार विशेष कार्यक्रम नेपाल तामाङ घेदुङ संघ पाँचखाल नगर समितिको अध्यक्ष इन्द्र बहादुर दोङको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित: समय: 5:25:49  809पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार