पञ्चकन्या गाउँपालिकामा प्रथम मावि स्तरीय भलिबल प्रतियोगिता सम्पन्न


तामाङपेज, ३ फागुन

नुवाकोटको पञ्चकन्या गाउँपालिकामा मा वि स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

पञ्चकन्या गाउँपालिका सामजिक विकास शाखाको आयोजनामा प्रथम मावि स्तरीय भलिबल प्रतियोगिताको पञ्चकन्या गाउँपालिकाको अध्यक्ष तेज बहादुर तामाङ्गले उद्घाटन गर्नु भएको थियो।

प्रतियोगिता कालिका माध्यमिक विद्यालय कविलाशको खेल मैदानमा फाल्गुन २ देखि ३ गतेसम्म सञ्चालन भएको आयोजक तथा कार्यकम संयोजक रामेश्वर कुइँकेलले जानकारी दिनु भयो ।

प्रतियोगितमा प्रथम द्वितीय तृतीय हुने समूहलाई क्रमशः १२हजार, रु ८ हजार र रु ४ हजार नगद पुरस्कार मेडल प्रमाणपत्र दिइएको थियो ।

प्रतियोगितामा उदय जालापा मा वि पञ्चकन्याका विद्यार्थी प्रथम भएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सटर र उत्कृष्ट बलर, उदीयमान खेलाडी र अनुशासित समूहलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।

विश्व भलिबल महासंघ र नेपाल भलिबल संघको नियममा खेलाइएको प्रतियोगितामा सहभागीलाई खाना र बासको समेत व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

प्रकाशित: समय: 14:50:19  685पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार