आधा केजी सुन सहित एक जना पक्राउ


तामाङपेज, ३ फागुन

चीनबाट अबैध रूपमा ल्याएको करिव आधा केजी सुन सहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ थुमनका दावा छिरिङ तामाङ रहेका छन् ।

चीनको केरुङबाट काठमाडौँ जाँदै गरेका तामाङलाई खोपाङ भीरबाट प्रहरीले पक्राउ गरेको हो । उनको शरीरमा जाँच गर्दा ४ सय ६२ ग्राम सुन फेला पारिएको प्रहरी निरीक्षक रञ्जन अवाले बताए । पक्राउ परेको सुनको मूल्य २४ लाख ५९ हजार रुपयाँ रहेको छ ।

प्रकाशित: समय: 14:11:52  388पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार