जिल्ला प्रशासन कार्यालय रसुवा : सात महिनामा १ सय ३ काम


तामाङपेज, ३ फागुन

जिल्ला प्रशासन कार्यालय रसुवाले चालु आर्थिक वर्षको सात महिनामा १ सय ३ वटा गुनासो फर्छयोट गरेको छ । कार्यालयमा निवेदनमार्फत आएका ५० वटा, हटलाइन मार्फत आएका ५१ र हेलो सरकारमार्फत आएका २ वटा गुनासोको फर्छयोट गरिएको हो ।

कार्यालयले गत असारको पहिलो हप्तादेखि हटलाइन सेवा सञ्चालन गरेको थियो । हटलाइन मार्फत गुनासो आउने क्रम बढ्दै गएको छ । हटलाइन मार्फत धेरै जसो विकास निर्माण सम्बन्धी गुनासो आएको छ । कार्यालयमा आएका गुनासोको तत्काल सम्बोधन गर्ने प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

सामाजिक सञ्जाल, हटलाइन तथा कार्यालयमा आएको निवदेनको प्रकृतिको आधारमा गुनासोको फर्छयोट गरिरहेको उनले बताए । ‘जनताले सेवा प्रवाह, विकास निर्माण, लेनदेन लगायतका विषयमा गुनासो गर्ने गरेका छन्, उनले भने, यसको थोरै समयमै सम्बोधन गरेका छौँ ।’

हटलाइनमा तलब नपाएको, विजुलीको पोल भाच्चिने खतरा बढेको, सडकको नाली नकाटिएको, खानेपानीको निर्माण, सवारीले चर्को भाडा लिएको, अनुदान नपाएको हिरासतको रासन खर्च लगायतका विषयमा गुनासो आएको छ ।

हेलो सरकारबाट गोसाईकुण्ड मेलाको समयमा चर्को भाडा लिएको गुनासो आएकोमा त्यो तत्कालै सम्बोधन गरिएको थियो । कार्यालयमा निवेदनमार्फत आउने गुनासो भने लेनदेन सम्बन्धी बढी छ । गुनासोका लागि कार्यालयले सामाजिक सञ्जाल र हटलाइन सेवालाई प्रभावकारी बनाउँदै लगेको छ । नागरिकले हटलाइनमा जतिबेला पनि गुनासो गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए ।

प्रकाशित: समय: 11:11:36  849पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार