गैरआवासीय नेपाली संघ अष्ट्रेलियाद्वारा विद्यालयलाई आर्थिक सहयोग


तामाङपेज, ३ फागुन

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले नेपालका नौं वटा दूर्गम क्षेत्रका विद्यालयलाई १/१ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।

एनआरएनए, अष्ट्रेलियाले नेपालका दूर्गम भेगमा रहेका नौ वटा विद्यालयका गरिव तथा जेहन्दार विद्यार्थीहरुको पठनपाठनका लागि आवश्यक सहयोग गर्न आर्थिक सहायता उपलब्ध गराएको हो ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सहायता रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा एनआरएनए, अष्ट्रेलियाका विजय पोखरेलले दूर्गम क्षेत्रका गरिव जनताका छोराछोरीको पठनपाठनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सहायता रकम हस्तान्तरण गरिएको बताए ।

हस्तान्तरणका गरिएको एक लाख रुपैयाँ विद्यालयहरुले अक्षयकोष बनाई गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई हस्तान्तरण गर्नुपर्नेछ । कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्टले नेपालको दुर्गम क्षेत्रका विद्यालयहरुलाई आर्थिक सहायता उपलब्ध गराउने अभियान नै संचालन गर्ने प्रतिवद्धता जनाए ।

गैरआवासीय नेपाली संघले नेपालको आर्थिक विकासमा आवश्यक लगानी भित्राउने प्रतिवद्धता जनाउँदै आएको छ ।

प्रकाशित: समय: 10:52:15  491पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार