तामाङपेज, २ फागुन
तिलगंगा आँखा अस्पताल काठमाडौ , नेपाल रेडक्रस सोसाइटी नुवाकोट र सामुदायिक आँखा केन्द्र नुवाकोट सयुक्त आयोजनामा नुवाकोटको तुप्चेमा बुधबार देखि निशुल्क आँखा शिबिर सुरु भएको छ ।यसअघि जिल्ला भरी ११ स्थानमा एक दिन शिबिर संचालित थियो ।
उक्त शिबिर बाट छनोट भै मोतिबिन्दुको सल्यक्रिया गर्नु पर्ने आँखाका बिरामीहरु लाई निशुल्क सल्यक्रिया गरिने सामुदायिक आँखा केन्द्र नुवाकोटले जनाएको छ ।
शिबिरको पहिलो दिन ३८९ जनाले आँखा परिक्षण गराए भने १२५ जनाको सल्यक्रिया गरिएको छ। तिलगंगा आँखा अस्पताल काठमाडौका वरिष्ठ चिकित्सकहरुले परिक्षण गरिने उक्त शिबिर शनिबार सम्म संचालन हुनेछ ।