जापानमा ल्होछार मनाउने तयारी


तामाङपेज,१ फागुन

विगत लामो समय देखि जापानमा विभिन्न पेशा तथा व्यवसाय गर्दै आउनुभएको युवाहरूको सकृयतामा तामाङहरूको साझा संस्था तामाङ समाज जापानद्वारा ल्होछार मनाउने तयारी गरिएको संस्थाका अध्यक्ष कुमार मोक्तानले जानकारी दिनुभएको हो ।

अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामाको प्रमुख अतिथ्यतामा हुन लागेको उक्त कार्यक्रममा भरपुर मनोरञ्जन दिनका लागि गायक रोज मोक्तानको प्रस्तुति रहने संस्थाका अध्यक्ष मोक्तानले बताउनुभयो।

कार्यक्रम टोक्यो मेगुरो कुमिन सेन्टर फ्रेबारी १७ आइतबार बेलुका ६ बजे,शुरू हुनेआयोजकले जनाएको छ।

प्रकाशित: समय: 4:46:45  520पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार