खै कता कता


तामाङपेज, २९ माघ :
             
 खै कता कता भाग्यले ठगे जस्तो
उड्दा उड्दै सिकारिले पखेटा झारे जस्तो
छटपट्टिदै छु।
बाद्ल गर्जे झैँ भान हुन्छ ।
आकाश रोए झैँ मनमा ताल छ ।
आँसु भित्रै पौडिदै छु ।
कता कता
आँशुको भेल संगै पौडी खेले जस्तो
हावाको वेग सगैँ लथालिङ्ग भए जस्तो
मन भित्रै कता कता
तिम्रै लागि मुस्कुराइ रहेका यी मुस्कान हरु
बरालिँदै छ चैत्र बैशाख को हुरि जस्तै
न हुरिले नै उडाउँछ ।
न बर्षात को भेलले नै बगाउन सक्छ ।
न चैत्र बैशाखको हुरिले नै
पीडा उस्तै
खै कता कता पीडा भित्रै नमज्जाले हासे जस्तो
हिडदा हिडदै बिरानो बस्तीमा बाटो बिराएँ जस्तो
सोधु कसरि ?
मन भरी पिडाकोज्वालाहरु दन्कीरहेको छ ।
हासोभित्रै आँसुको भेल लुकिरहेको छ।

 

La hera
Chat Conversation End
प्रकाशित: समय: 3:06:08  530पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार