![](https://www.tamangpage.com/wp-content/uploads/2019/02/accident-1-603x450.jpg)
तामाङपेज, २७ माघ :
लहान सिरहाको नरहा गाउँपालिकामा इँट्टा ल्याई झार्ने क्रममा आज ट्र्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।
स १ त ३४६१ नंको ट्र्याक्टरमा इँट्टा ल्याई झार्ने क्रममा सोही ट्र्याक्टरले किचिएर नरहा गाउँपालिका–५ निवासी ४५ वर्षीय शिवनन्दन ठाकुरको मृत्यु भएको हो । ट्र्याक्टरले किचिएर गम्भीर घाइते भएका ठाकुरको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।