बौद्ध भिक्षु योगि गुरु मृत्यु पश्चात् पनि २३ दिन सम्म आन्तरिक योग तपस्या बस्न सफल


तामाङपेज, २७ माघ

तिब्बतको मार खाम स्थित रहेको लुन्डुप गुम्बाको एक बौद्ध भिक्षु योगि गुरु मरेर पनि २३ दिन सम्म आन्तरिक योग तपस्या बस्न सफल भएका छन् ।

संसारिक नजरमा बाहिरी रुपमा मरेको हो भनेर नामकरण गरे तापनि आन्तरिक रुपमा आन्तरिक आत्मा योग तपस्यामा रहेको हुँदा २३ दिन सम्म पार्थिब शरीर नगलेको,नकुहेको र नराम्रो गन्ध नआएर सुघन्धित बास्ना आएको भन्ने कुरा प्रत्यक्ष दर्शनार्थी हरुको भनाई रहेको छ।

२३ दिन पस्चात पार्थिब शरीर लासलाई आगो प्रज्वलन गर्दा आगोमा यिदाम दोर्जे जिग्जे भगवानको आकृति स्वोरुप प्रत्येक्ष प्रकट भएको र अन्तमा लास खरानी नभएर गोलो गोलो सेतो रिङ्सेल जिन्लब निस्केको भनेर प्रत्यक्ष दृश्य फोटो खिच्ने गुरु लामा ग्याल्छेनले भन्नु भएको छ।

प्रकाशित: समय: 10:58:04  3091पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार