टुँडिखेलमा सोनाम ल्होछार भव्यताको साथ मनाइयो


तामाङपेज , २३ माघ :

 

काठमाण्डौ , टुँडिखेलमा  ,सोनाम ल्होछार २८५५ तथा तामाङ साँस्कृतिक महोत्सव काठमाडौमा भव्यताका साथ मनाइयो ।
नेपाल तामाङ घेदुङ संयोजकत्वमा सयौ बढी संघ संस्थाहरु गठन गरि आयोजना गरिएको हो ।उक्त महोत्सवमा रत्नपार्क शान्तिवाटिका मा बिविन्न संघ सस्थाहरुको जंकाभेट भइ शान्तिपुर्वक य्रालि निकाली टुँडिखेलमा भित्र प्रवेस गरिएको हो । उक्त य्रालिमा तामाङ कलाकारहरु , लामा ,बोन्बो झाँकी विभिन्न संघ संस्थाहरु को सहभागिता रहेको थियो।

उक्त महोत्सवमा तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारको उपलक्ष्यमा टुडिखेलमा भएको बृहत् साँस्कृतिक कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथिको रूपमा नेपाल सरकारको उपप्रधानमन्त्री ईश्वर पोख्रेलले शुभकामना मन्तव्य राख्ने क्रममा यो ल्होछार तामाङ समुदायको मात्रै नभइ सबै नेपालीको चाड हो ,तामाङ जाति जनजाती भित्र एक महत्वपुर्ण जाती हो, ल्होछारको बिदा कटौती भएको हो तर संविधान पनि हामी सबै मिलेर बनाएकै हौ संविधानमा जे छ तेहि नियम लागू गर्दै अब आउदो बर्षमा फेरि थप घट गर्न सकिन्छ परिमार्जन गर्न सकिन्छ , हामी सबै एक हौँ ।कुनै ठूलो कुनै सानो जाती छैनौ यदि कसैले कसैलाइ होच्याएर बोलेमा कानुनु  कारबाही हुने कुरा व्यक्त गरेका हुन ।

प्रकाशित: समय: 8:15:57  556पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार