बौद्ध मेलम्ची घ्याङ गुठी र तामाङ फाउन्डेसन नेपालको संयुक्त आयोजनामा वृहत् ल्होछार कार्यक्रम गर्दै

तयारी तीब्र

श्री बौद्ध मेलम्ची घ्याङ गुठी र तामाङ फाउन्डेसन नेपालको संयुक्त आयोजनामा वृहत् ल्होछार कार्यक्रम गर्ने भएको छ।

तामाङ समुदायको राष्ट्रिय महत्व बोकेको सोनाम ल्होछारको अवसरमा श्री बौद्ध मेलम्ची घ्याङ गुठी र तामाङ फाउन्डेसन नेपालको संयुक्त आयोजनामा ढ्वा ल्हो (सुंगुर वर्ष ) ल्होछार चियापान तथा शुभकामना आदानप्रदान एवम् बृहत सास्कृतिक कार्याक्रम-२०७५ गर्ने तामाङ फाउन्डेसन नेपालको केन्द्रीय अध्यक्ष अरुण घिसिङले तामाङपेजलाई जानकारी दिनुभएको हो।

काठमाडौंको बौद्ध स्तुपा भित्र बृहत रुपमा गर्न लागेको उक्त कार्यक्रमले शुभकामना आदान प्रदान गर्ने र सबै जातजातीहरुको भाषा, धर्म, भेषभूषा, संस्कृति र संस्कारको संरक्षण र सम्बर्द्धन गर्नमा मदत पुग्ने बिश्वास गरिएको आयोजकले बताएको हो।

कार्यक्रम माघ २२ गते (मंगलबार) ११ः३० बजेदेखि शुरु हुने आयोजकले जनाएको छ ।

प्रकाशित: समय: 6:20:34  1153पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार