मानव बेचबिखन र अपराध न्यूनीकरणका लागि सामाजिक विषय पढाउने शिक्षकको भेला


तामाङपेज ,१९ माघ

रसुवामा सञ्चालित माध्यमिक विद्यालयमा सामाजिक विषय अध्यापन गराउने शिक्षक सदरमुकाम धुन्चेमा भेला भएका छन् ।

मानव वेचविखन तथा ओसारपसार नियन्त्रण तथा सामाजिक अपराध न्यूनीकरणका लागि छलफल गर्न उनीहरू भेला भएका हुन् । सामाजिक अपराध न्यूनीकरणका लागि विद्यालय तथा समुदाय स्तरमा विभिन्न सचेतना मूलक कार्यक्रम सञ्चालन गर्न सामाजिक विषयका शिक्षकलाई सम्पर्क शिक्षक तोकिएको थियो । सम्पर्क शिक्षकको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।‘हामीले जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि कार्ययोजना निर्माण गरेका थियौँ उनले भने, कार्ययोजना कार्यान्वयनको क्रममा शिक्षकको क्षमता विकास कार्य गरेका हौँ ।’

सामाजिक अपराधको बारेमा शिक्षकले सिक्ने र विद्यार्थी मार्फत अभिभावकसम्म कानुनी ज्ञान पु¥याउनका लागि कार्यक्रम सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाई रसुवाका प्रमुख बालकृष्ण सिम्खडाले बताए । ‘अहिले शिक्षकले पढाउँदै आएका छन्, उनले भने, त्यही पढाउने कुरा सहज तरिकाले समाजमा पु¥याउन सकिन्छ ।’यसमा सैद्धान्तिक ज्ञान मात्रै नभई व्यावहारिक ज्ञान समेत सिकाइने छ । सामाजिक अपराधको किसिम, कारवाही प्रक्रिया, निवेदन लेख्ने तरिका लगायतका बारेमा उनीहरूलाई जानकारी गराइने छ । कानुनी भाषामा निवेदन लेख्न सिकाएर पीडितलाई न्यायको क्षेत्रमा पहुँच पु¥याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवा र माइती नेपालले संयुक्त आयोजित दुई दिने अभिमुखीकरणमा २३ वटा विद्यालयका सामाजिक विषयका शिक्षकको सहभागिता रहेको छ ।

प्रकाशित: समय: 8:44:58  686पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार