बौद्ध जोगउन भन्दै चरणबद्ध आन्दोलन


तामाङपेज ,१९ माघ

नियुक्ति भए देखि नै बौद्धलाई आफ्नो पेवा ठानी विभिन्न विवादास्पद क्रियाकलाप गर्दै आइरहेको आरोपमा चिनियाँ लामा भुपतिबज्र लामालाई कार्वाहि सहित बर्खास्तीको माग राख्दै बौद्ध बचाऔं संघर्ष समितिले विरोध सभा तथा र्याली गरेको छ ।

२०७३ साल असार ७ गते गुठि संस्थानले नियुक्त गरेका चिनियाँ लामाले बौद्धमा आफु खुशी काम गरेको र त्यो काम बौद्ध जस्तो एतिहासिक स्थललाई क्षति पुग्ने गरि गरेको कारण आफुहरुले यो विरोधको कार्यक्रम गरि अघि बढ्नु परेको समितिका प्रवक्त सम्पुर्ण कुमार लामाले जानकारी दिनुभयो । “हाम्रो उद्देश्य नक्कली चिनियाँ लामालाई कार्वाहि गरि चिनियाँ लामा पदबाट बर्खास्त गर्नु हो, यो नगरि हामी छाड्दैनौ, एतिहासिक स्थल बौद्धमा यस्ता काम हुनु हामी बौद्धमार्गीका लागी दुखको कुरा हो” प्रवक्त लामाले भन्नुभयो ।

चिनियाँ लामाले सम्पदाको मुल्य मान्यता विपरित बौद्धलाई कुरुप देखिने गरि ठुलो डिस्प्ले स्क्रीन राखेको, बौद्धको संवेदनशील क्षेत्र भित्र जेनेरेटर राखेको, झिलिमिली बत्ति बाल्ने नाममा स्तुपामा ड्रिल गरि प्वाल पारि क्षति गरेको, जनभावना विपरित निजले आफ्नै निजि कम्पनी जस्तै स्वेच्छाचारी ढंगले घ्याङ गुठि संचालन गरेको, स्वघोषित गुरु रिम्पोछे औतारि भन्ने गरेको साथै सिंगो बौद्ध जगतको उपहास र अपमान गरेको कुरा समितिको विज्ञप्तिमा उल्लेख छ ।

यसरी ऐतिहासिक धरोहर बौद्धलाई र सिंगो बौद्ध जगतलाई असर पर्ने खालको काम गरेको हुदाँ आफुहरु टुलुटुलु हेरेर बस्न नसक्ने हुदाँ स्थानिय २१ वटा संघ सस्था मिलि बौद्ध बचाऔं संघर्ष समिति गठन गरि आन्दोलनमा जानु परेको समितिका संयोजक खड्गजीत लामाले जानकारि दिनुभयो ।

समितिले माघ १७ गते दिउसोँ ३ बजे बौद्ध परिसरबाट बौद्ध पिपलबोट र बौद्ध टुसाल चोक परिक्रमा गरि बौद्ध परिसरमा आएर कोणसभामा परिणत भएको थियो साथै माघ १८ मा गुठि संस्थान केन्द्रिय कार्यालय पुरातत्व विभागमा ज्ञापन पत्र बुझाएको र लोसार पछि चरण बद्ध आन्दोलनका कार्याक्रमहरु लौजाने समितिका संयोजक लामाले जानकारी दिनुभयो ।

प्रकाशित: समय: 8:28:10  493पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार