दोक्लाङका विपन्न परिवारलाई ब्लाङ्केट वितरण


तामाङपेज , १९ माघ

रसुवाको नौकुण्ड गाउँपालिका–२ दोक्लाङका विपन्न परिवारलाई ब्लाङ्केट वितरण गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले दोक्लाङका ८० परिवारलाई ब्लाङ्केट वितरण गरेको हो । विपन्न परिवारलाई परिवारको आकार अनुसार ब्लाङ्केट दिइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

जिल्लाको चारवटा गाउँपालिकामा ब्लाङ्केट वितरण गर्ने क्रममा त्यहाँ पनि वितरण गरिएको हो । आमाछोदिङ्गमो गाउँपालिका अन्तरगत गत्लाङ र चिलिमेका ५८ घरधुरीलाई ६७ वटा, गोसाइकुण्ड गाउँपालिका अन्तर्गत लाङटाङका १० घरधुरीलाई १० वटा, नौकुण्ड गाउँपालिका अन्तर्गत वडा न २ का ८० धुरीलाइ ८० वटा र कालिका गाउँपालिका अन्तर्गत गाउँपालिका मार्फत सबै जेष्ठ नागरिकहरुका लागि स्वास्थ्य परीक्षण सहित सिरक वितरण गरिएको छ ।

विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७५ अनुसार हिमपातजन्य जोखिम प्रतिकार्यर पूर्वतयारीका लागि निर्माण गरिएको योजना अनुसार सामग्री वितरण गरिएको हो ।

प्रकाशित: समय: 11:35:12  418पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार