तामाङपेज , १९ माघ :
रामेछापको चनखुमा माघ २२ गते बृहत ल्होछार साँस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ।
“तामाङ भाषा,कला,धर्म र संस्कृति हाम्रो पहिचान ,यसको संरक्षण र सम्बर्द्धन गर्ने हाम्रो अभियान ” भन्ने मुल नाराको साथमा तामाङ जातिको रास्ट्रिय पर्व मन्जुश्री संवत् २८५५ फाग/ड्वा ल्हो सोनाम ल्होछार विशेष बृहत साँस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम यहि माघ २२ गते रामेछाप जिल्लाको साबिक चनखु गाविसमा हुन लागेको हो । गत बर्षझैँ यसपटक पनि कार्यक्रमलाई भव्य बनाउने तयारीमा अहिले आयोजक कमिटी लागि परेका छन् । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाको सचीव मोतिराज तामाङले जानकारी दिनुभएको छ ।
“युवाहरु सबै एक हौं -आफ्नो गाउँ आफै बनाउ” भन्ने मुल उद्देस्यको साथ २०७४ पौष १९ गते प्रशासन कार्यलय रामेछापमा दर्ता भएको यस संस्थाको गत बर्ष पनि बृहत कार्यक्रम गरेर पहिलोपटक चनखुमा भव्यताको साथ ल्होछार मनाइएको थियो । तामाङ जातिको पहिचान नै आफ्नो भाषा,धर्म,सस्कृती र भेषभुषा भएकोले यसलाई जोगाइराख्नु हामी सम्पुर्ण तामाङ युवाहरुको दायित्व रहेको संस्थाका अध्यक्ष कुलमान योन्जन तामाङले बताउनुभयो ।
कार्यक्रममा लामागुरुहरुद्वारा पुजापाठ गरिनेछ । साथै कार्यक्रममा बोन्बो नाच ,ताम्बा नाच/गान्बा नाच र साथसाथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक संस्थाले जानकारी दिनुभएको छ । साथै कार्यक्रममा तामाङ मौलिक गितहरुमा नृत्य पनि देख्न सकिनेछ ।
कार्यक्रममा पुर्व गृहराज्यमन्त्री एवम् संघीय सांसद श्याम कुमार श्रेष्ठ प्रमुख अतिथिको रूपमा उपस्थित हुनेछन् भने विभिन्न स्थानिय नेताप्रतिनिधिहरु देखि जिल्ला,केन्द्रीय स्तरको प्रतिनिधिहरुको उपस्थिति र विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरु,समाजसेवीहरुको उपस्थिमा सम्पन्न हुने भएको छ ।
आयोजक कमिटिले कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाई भव्य र सभ्य तरिकाले सम्पन्न गराउनको लागि सम्पुर्ण रामेछाप जिल्लाबासिहरुलाई अनुरोध गरेका छन् । आफ्नो मौलिक संस्कृति झल्किने भेषभुषा लगाएर कार्यक्रममा उपस्थित हुन सम्पुर्ण तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुलाई आयोजक संस्थाका कोषाध्यक्ष बसमाया तामाङले आग्रह गर्नुभएको छ ।