मलेसियामा नेपालीको रहस्यमय मृत्यु


तामाङपेज, १८ माघ

मलेसियामा आज फेरी अर्को एक नेपालीको मृत्यु भएको छ । मलेसियाको जोहोर राज्यमा पर्ने देसा च्याम्बरलाड़ भन्ने स्थानमा एक नेपालीको मृत्य शब फेला परेको छ ।

जोहोरबारु स्थित नेपाल मगर संघ क्षेत्रीय समितिका बरिष्ठ उपाध्यक्ष खेम थापा मगरको जानकारी अनुसार आज बिहान वहॉं नाईट डिउटी सकेर कोठा तर्फ जाने क्रमना वहॉंको कोठा नजिकै धेरै मानिसको भिड देखेर के भएको रहेछ भनेर बुझ्न जॉंदा एक नेपालीको मृत्य शब रहेको जानकारी दिनुभएको हो ।

मृत्यु हुने व्यक्तिको घर सिन्धुली रहेको र दिनेश माझी नाम भएको बताउनु भएको छ । मृतक दिनेश माझी हिजो राती कामबाट फर्केर आफ्नो साथीहरुसंग रक्सी पिएर साथीहरु होस्टल लागे पछि आफु भने नजिकैको महिला कामदारहरु बस्ने लेडिज होस्टलमा गएको बताईएको छ । लाशको प्रबिधि हेर्दा घाटीमा चक्कु प्राहार भएको जस्तो चोट देखिएको र टाउको फुटेको देखिएको छ । केही उच्च स्थानबाट झरेर टाउको फटेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

मृत्यक दिनेश माझी उचाईबाट आफै झरे वा कसैले झारे बन्ने बारे पुष्टी हुन सकेको छैन् । घटना स्थलमा निकै ढिलो स्थानीय प्रहरी पुगे पछि लाशलाई पोष्टमार्टमका लागी लगीएको छ । घटना बारे सोधपुछ र अनुसन्धान गरिरहेको बताईएको छ ।

प्रकाशित: समय: 6:12:12  515पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार