तामाङपेज, १८ माघ
रसुवाको नारायणस्थान आधारभुत विद्यालय गुम्बाडाँडामा माघ १७ गते वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक विकास केन्द्र नेपाल (ऋम्ऋ) रसुवाको आयोजनामा कालिका गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा विद्यार्थिहरुको स्वास्थ्य परिक्षणको अवस्था भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।
कालिका गाउँपालिका वडा नं २ स्थित नारायणस्थान आधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष्य लाक्पा स्याङ्बाको सभापतित्व तथा कालिका गाउँपालिका शिक्षा शाखा प्रमुख वासुदेव लामिछाने, नेपाल पत्रकार महासघं रसुवाका अध्यक्ष्य हेमनाथ खतिवडाको आथित्यतामा कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा कक्षा ६ देखि ८ सम्मका गरि जम्मा ११ जना छात्रछात्राहरुको सहभागि रहेको थियो ।प्रतियोगितामा कक्षा ६ का सञ्चिता पाख्रिन प्रथम, कक्षा ८ का नेवाङमो स्याङ्बा द्धितिया र कक्षा ६ मा अध्यानरत आञ्जु लामा त्रितिया हुनु भएको थियो । प्रथम, द्धितिय र त्रितिया हुने विद्यार्थिलाई पुरस्कार स्वरुप डिस्नेरी किताब र सामान्यज्ञान प्रदान गरिएको थियो । त्यसैगरी प्रतियोगितामा सहभागि अन्य विद्यार्थिहरुलाई पनि प्रोत्साहन स्वरुप एक एक वटा ब्रस सहितको दन्त मन्जन र साबुन उपलब्ध गराइएको थियो ।
कार्यक्रममा कक्षा १ देखि ८ सम्मका विद्यार्थि ,अभिभावक , शिक्षक ,विद्यालय व्यवस्थापन समितिका परिवार ,सामुदायिक विकास केन्द्र नेपाल रसुवाका जिल्ला संयोजक राजु आचार्य, सोहि विद्यालयका प्र.अ. रुद्र प्रसाद ओझा लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।