फेब्रुअरी १० मा मलेसियाको जोहोर बारुमा सोनाम ल्होछार कार्यक्रम हुने


तामाङपेज , १७ माघ

सोनाम ल्होछारको अवसर पारेर फेब्रुअरी १० मा मलेसियाको जोहोर बारुमा भब्य रुपमा संगीतिक कार्यक्रम हुने भएको छ ।

विगत लामो समय देखि व्यवसायिक तथा रोजगारीको सिलसिलामा मलेसियाको जोहोरबारु स्थित बस्दै आउनु भएको नेपाली तामाङ समुदायको  सकृय युवाहरुको सकृयतामा तामाङ जातिको उत्थान ,भाषा धर्म र साँस्कृतिको सम्बर्द्धन गरौं ,२८५५ अौं सोनाम ल्होछार फाग ड्वा ल्हो (सुंगुर बर्ग )भब्यताका साथ सफल पारौं भन्ने मुल नाराका साथ स्थानीय कलाकार गायक ,मोडल डान्सर तथा (क्यरिकेचर) हास्यव्यंग्य कलाकारहरुको बेजोड प्रस्तुतिमा बृहत संगीतिक कार्यक्रम रहेको संयोजक दिनेश थिङ तामाङले बताउनु भयो।संयोजक तामाङले यसै कार्यक्रममा सोनाम ल्होछारको शुभकामना आदानप्रदान गरि विशेष रूपमा रोजगारीको सिलसिलामा प्रबासमा रहनु हुने आम नेपाली तामाङ समुदायको सकृय युवाहरुको जनमतलाई संगठित गर्दै नेपाल प्रवासी तामाङ युवा मंञ्च गठन गरि सो कार्यक्रम आयोजना हुन लागेको समेत जानकारी दिनु भयो।

साथै संयोजक तामाङले यसै अन्लाईन खबरको माध्यमबाट प्रवासमा रहनु हुने तमाम नेपाली दाज्युभाइ दिदीबहिनीहरुको गरिमामय उपस्थितका लागि हार्दिक निमन्त्रणा समेत गर्नुभएको छ ।

प्रकाशित: समय: 13:06:59  693पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार