प्रवासी थारु सेवा समाज मलेसियाद्धारा ट्रेड सेन्टर संचालनको तयारी


तामाङपेज , १७ माघ :
 मलेसिया देश जहाँ करिव ७ लाख नेपालीहरु कार्यरत छ्न ति हरेक नेपालीहरु आफुलाई दिनप्रतिदिन असुरक्षित ठानिरहेका छन र मलेसिया लगायत अन्य देशमा कार्यरत हरेक ब्यक्तिको मनमा एउटै सवाल छ, कहिले सम्म विदेश बस्ने र विदेशबाट फर्केपछि नेपालमा के गर्ने? नेपाल सरकारले विभिन्न योजनाहरुको घोषणा गरे पनि केवल कागजमा सिमित छ्न र अधिकांश योजनाबाट लाभ प्राप्त गर्न धेरै कठिन रहेको मलेसियामा बस्ने र नेपाल फर्की सकेका प्रायजसो नेपाली युवाहरू बताउँछन।
               यसै बिच मलेसियामा बस्ने थारु युवाहरूले नेपालमा थारु ट्रेड सेन्टर खोल्ने तयारी गरिरहेका छन ।अङ्ग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर प्रवासी थारु सेवा समाज मलेसियाका अगुवाहरुको विशेष छलफल सम्पन्न भएको छ। सो छलफलमा मलेशियामा कार्यरत थारु युवालाई स्वरोजगार बनाउने उदेश्यले करिब १ करोडको लगानीमा फेन्सि, गिफ्ट र कस्मेटिकको थोक तथा खुद्रा ब्यापार संचालन गर्ने योजनाको साथ लागि परेका छ्न।
सो ट्रेड सेन्टर संचालनको नेतृत्व प्रवासी थारु सेवा समाज मलेसियाका केन्द्रीय अध्यक्ष मनिराम थारुले गर्ने र तालिम सम्बन्धि कार्य संस्थाका वरिष्ठ-सल्लाहकार रमेश कुमार पजियार थारुले गर्नु हुने तयारी सञ्चालन समितीको सदस्य ,थारु समाज मलेसियाको संस्थापक/संरक्षक,सामाजिक अभियानता तथा पत्रकार आरएन चौधरी थारुले बताए ।
               ट्रेड सेन्टर मलेसियामा बस्ने थारुहरुको संयुक्त लगानीमा संचालन हुने र सो ट्रेड सेन्टर सदस्यता वा लगानीको लागि हरेक सदस्यले कम्तीमा ४०० मलेसियन रिंगेट नेपाली ११००० रुपैया जम्मा गर्नु पर्ने प्रावधान रहेको छ । ट्रेड सेन्टरको लागि संस्थाका वरिष्ठ-सल्लाहकार पजियारले सुरुमै कममा २ लाख नेपाली रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ भने ३ लाख नेपाली रुपैया लगानी गर्ने बताए ।
              त्यस्तै संस्थाका वर्तमान अध्यक्ष मनिराम थारुले मलेसियाबाट नेपाल फर्किसकेका र मलेसियामा कार्यरत रहनु भएका बढी भन्दा बढी थारु युवा,युवतीहरूलाई सहभागिताको लागि हार्दिक आह्वान गरेको छ। यस ट्रेड सेन्टर सम्बन्धि थप कुनै पनि जानकारी लिनुपरेमा मनिराम थारु +6019-7936843, रमेश कुमार पजियार थारू – +60142114705,पर्शुराम थारु – +60124707478 ,आर एन चौधरी थारु :-+601111877340 मा सम्पर्क गर्न सकिने छ।

 

प्रकाशित: समय: 8:03:54  436पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार