प्रगतिशील लेखक सङ्घ रसुवाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न


तामाङपेज, १६ माघ

प्रगतिशील लेखक सङ्घ रसुवाको तेस्रो जिल्लासम्मेलन सम्पन्नभएको छ ।

रसुवाजिल्लाको कालिकागाउँपालिका वडा नं. २ कालिकास्थानमा सम्पन्न अधिवेशनले उद्धव रिजालको अध्यक्षतमा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

प्रगतिशील लेखक सङ्घका केन्द्रीयउपाध्यक्षएवम् प्रदेश नं. ३ का अध्यक्ष खेमथपलियाको प्रमुखआथित्यतामा भएको कार्यक्रममा विशेष अतिथि नेकपा रसुवाका सचिवमाधव लामिछाने (समिर) रहनुभएको थियो । कार्यक्रममा नेकपा जिल्ला कमिटिका सदस्यएवम् नेकपा नौकुण्ड गाउँपालिका सचिव रामकुमार न्यौपाने, नेकपा कालिका गाउँपालिका इन्जार्च अर्जुन देवकोटा लगायत २९ जनासहभागीभएको थिए।

तेस्रो जिल्ला सम्मेलनले उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमशःराजेन्द्र पौडेल, विश्वास नेपालीर सुष्मा न्यौपाने चयन गरेको छ । यस्तै जिल्ला सदस्यहरूमा क्रमशःशिशिर न्यौपाने, हेमनाथ खतिवडा, नारायणप्रसाद देवकोटा, तारानाथ न्यौपाने, कविता स्याङ्वा, जयरामआचार्य र प्रेम पौडेललाई चयन गरेको छ । सम्मेलनले सल्लाहकार समिति समेत निर्माण गरेको छ । सल्लाहाकार समितिमा क्रमशमाधवअर्याल, इन्द्र गौतम, माधव लामिछाने, चेरुङ र धर्तिचन्द्र यात्रीलाई चयन गरेको छ । सम्मेलनमा सहभागीहुँदै प्रगतिशील लेखक संघ नुवाकोटका अध्यक्ष नवदिप अजनवी, साहित्यकार धरतीचन्द्र यात्री, नेकपा जिल्ला समिति सदस्य रामकुमार न्यौपाने, विद्यार्थी सङ्गठनका अध्यक्ष अर्जुन पौडेल, नेकपाजिल्ला कमिटि सचिवमाधव लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मेलनको अवसरमा बोल्नुहँदै, नेकपा जिल्ला सचिव माधव लामिछानेले रसुवाजिल्लामा विचार, सूचनाहरूआदान–प्रदान गर्नको लागि सञ्चार माध्यमको अभाव खट्किएको बताउनुभयो । उहाँले भन्नुभयो, विभिन्न समयमा प्रकाशनमा आएका साप्ताहिक, मासिक र त्रैमासिक पत्रिकाहरू पनिआर्थिक अभावको कारण नियमितहुन सकेनन्, यसले गर्दा जिल्लाका जनताहरू सूचना पाउने अधिकारबाट समेत वञ्चित हुन पुगेका छन् । लामिछानेले भने, जिल्लाका नेतृत्वले पनि प्रगतिशील लेखक सङ्घलाई क्रियाशील गर्ने र राजनीतिक विचारहरू जनतासामू पु¥याउनको लागि विभिन्न प्रकाशनहरू गर्नको लागि सहयोग गर्न आवश्यकता छ । सम्मेलनको अवसरमाप्रमुखअतिथिको रुपमाबोल्नु हुँदै केन्द्रीयउपाध्यक्ष खेम थपलियाले प्रगतिशील लेखक सङ्घ सबै बामपन्थि लेखक तथा साहित्यकारहरूको साझामोर्चा भएकाले यसलाई साझा थलोकै रुपमा विकास र संरक्षण गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, लेख्ने कलाको विकास गर्न र आफ्नो विचारहरूलाई तल्ला तहसम्म पु¥याउन र वामपन्थिविचारलाई भुइँ तह सम्म पु¥याउनको लागि यो सङ्घले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसैले रसुवा जिल्लामा पनि क्रियाशील रुपमा अघि बढ्न सङ्घले विभिन्न गतिविधिहरू नियमित गरिरहनु आवश्यक छ ।

सम्मेलनले ११ औं केन्द्रीय सम्मेलनको लागिपनि ८ जनाप्रतिनिधि छनौट गरेको छ । प्रतिनिधिहरु क्रमश ः नारायणप्रसाद देवकोटा, भगवतीन्यौपाने, हेमनाथ खतिवडा, विश्वास नेपाली, जयरामआचार्य, शिविर न्यौपाने, राजेन्द्र पौडेल र सुष्मान्यौपाने छनौट भएका छन् ।

प्रकाशित: समय: 15:39:20  657पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार