आठ हजार व्यक्तिको आँखा जाँच


तामाङपेज, १६ माघ

खाँदबारी नगरपालिकामा आयोजित निःशुल्क आँखा तथा कान जाँच शिविरमा आठ हजार पाँच सयभन्दा बढी व्यक्तिले सेवा लिएका छन् ।

खाँदबारी नगरपालिका र नेपाल नेत्रज्योति सङ्घ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको संयुक्त आयोजनामा भएको सो शिविरमा नगर क्षेत्रभित्रका ३८ विद्यालयका सात हजार विद्यार्थी तथा एक हजार पाँय सय बढी स्थानीयवासीले आँखा र कान जाँच गराएका थिए । पन्चानब्बे जनामा मोतियाविन्दु भेटिएको छ भने ३०० विद्यार्थीको पुनः आँखा जाँच गर्नुपर्ने देखिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका इन्चार्ज क्षितिज बरालले जानकारी दिनुभयो ।

“उनीहरुलाई खाँदबारी अस्पतालका लागि सिफारिश गरिएको छ,” उहाँले भन्नुभयो । चालीस विद्यार्थी तथा ६० स्थानीयवासीको कानको जालीमा प्वाल परेको भेटिएको छ । मोतियाविन्दुका रोगीको शल्यक्रिया माघ २५ र २६ गते गरिने बरालले बताउनुभयो । शिविरमा ६०० जनलाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।

वनका पाँच सम्मानित

खाँदबारी नगरपालिका–४ सेकाहास्थित लहरी च्यानेदर्जे डाँडा सामुदायिक वनले समूहमा रही उत्कृष्ट काम गरेका पाँच उपभोक्तालाई सम्मान गरेको छ । उत्कृष्ट काम गर्ने इन्द्रबहादुर गुरुङ, लछिमाया राई, लाक्पाछेकी शेर्पा र साङ्गे शेर्पालाई सम्मानपत्रद्वारा सम्मानित गरिएको हो । पाँचै जनालाई समूहका अध्यक्ष लक्ष्मीप्रसाद कोरङ्गी र जिल्ला वन कार्यालयका वनरक्षक टीका तामाङले सम्मान गर्नुभएको हो । वन समूहको आम्दानीले विद्यालय, स्वास्थ्यचौकी र बाटोघाटो निर्माण गरिँदै आएको छ । विसं २०५१ मा गठन भएको सो सामुदायिक वनमा २२६ उपभोक्ता छन् ।

प्रकाशित: समय: 3:20:47  390पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार