२८५५ औ फग सॊनाम ल्होछार साँस्कृतिक कार्यक्रम


तामाङपेज, १५ माघ :

रानीपौवा बजार ककनी नुवाकोटमा २८५५ औ फाग सॊनाम ल्होछारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम भब्यताको साथ मनाउने भएको छ ।

तामाङहरुको नयाँ वर्ष एवंम महान चाड ल्होछारको अवसरमा श्रीजनशील युवा क्लब र रानीपौवा युवा समाजको संयुक्त आयोजनामा ककनी गाउँ पालिकाको अध्यक्ष मान बहादुर लामाको प्रमुख आथित्यमा तामाङ भाषाभेषभुषा रितिरिवाज तथा पहिचान झल्काउने गरि बृहत ल्होछार विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

उक्त कार्यक्रम माघ २२ गतेका दिन हुने र कार्यक्रममा चर्चित गायक समिर लामा,चर्चित लोक सेलो गायक सुवास पाख्रिन तामाङ, युवा साहित्यकार तथा हाँस्यकलाकार करण तामाङ घलान ,रामचन्द्र राइ, मोडल तथा हाँस्यकलाकार दिनेश लामा , मोडल बिनोद तामाङ र साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।

आयोजकले सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनु हुन हार्दिक आमन्त्रण गर्नुभएको छ ।

प्रकाशित: समय: 10:21:42  442पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार