मलेसियाको एक कम्पनीमा ३ महिनादेखि नेपाली मजदुरहरु आन्दोलनमा उत्रिए


मलेसियाको सेपाङ क्षेत्रमा अवस्थित एक कम्पनीमा ३ महिनादेखि काम गरेको तलव नपाएपछि २ हजार नेपाली मजदुरहरु आन्दोलनमा उत्रिएका छन।

मलेसियाको सेलेंगर राज्यमा अवस्थीत डव्लु.आर.पी कम्पनीमा कार्यरत नेपाली सहित अन्य मुलुकका श्रमिक आन्दोलनमा उत्रेका हुन् । नेपाली लगायत अन्य मुलुकका मजदुरहरु रहेको उक्त कम्पनीले हातमा लाउने पन्जा उत्पादन गर्ने गर्द छ ।भने सो कम्पनी लाई नेपाल सरकारले कालो सुचिमा समेत राखिसकेको छ।३ महिना देखि तलब नपाएको तर खानाको लागि क्यान्टिनमा टोकनको ब्याबस्था रहेको सोही कम्पनिमा कार्यरत ललित तामाङले फोन सम्पर्कमा जानकारी दिएका हुन।

कम्पनीले श्रमिकको शोषण गरिरहेको भन्दै यसअघि पनि बेलायती सञ्चार माध्यम गार्जियनले समाचार प्रकाशित गरेको थियो । भने मलेशियाका मानव सम्साधन मन्त्री स्वयम उपस्थित भएर श्रमिक समस्याहरु बुझेका थिए।आन्दोलित मजदुरले स्थिति भयभित बनाउन सक्छन भन्ने आसङ्काले मंगलवार विहानैदेखि सो कम्पनीमा प्रहरी तैनाथ गरिएको छ ।

सोही कम्पनीमा कार्यरत अर्का एक नेपाली तामाङपेजकर्मीसँग ३ महिनादेखि आफूहरुले तलव नपाएको र तलव माग्दा एकमहिनाको तलब मात्र कम्पनीले दिने बताएपछि आफुहरु आन्दोलनमा उत्रीएको बताए।यस बिसयमा नेपाली राजदुतावास मलेशियाका कार्यबाहक राजदुत कुमार राज खरेलसँग सम्पर्क गर्दा सो आन्दोलन बारे आफुहरु जानकारी रहेका बताउनु भयो।

जानकारी हुदाहुदै पनि दूतावासको पक्ष बाट तत्काल एक्सन लिन किन ढिलाइ भयो? भन्ने हाम्रो प्रस्नमा आधिकारिक रुपमा पीडितहरुले निवेदन सहित दूतावास आउनुपर्ने बताए।त्यसपछि कारबाहीको प्रक्रिया अगाडि बड्ने सङ्केत गरेका छन।यद्यपि केही समय पश्चात् दूतावासको एक टोलि समस्या बुझ्न सो कम्पनीमा जाने तयारी रहेको जानकारी पनि दिएका छन।

प्रकाशित: समय: 5:17:47  579पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार