तामाङपेज , माघ १४:
अतित मुखिया (ईश्वरकिरण सुनुवार )
विश्वसुन्दरी
र
कुरुप युवतीको
एक्श्रे नेगेटिभमा
पोजेटिभ कोरिएका
समान अस्तिपन्जर रेखा
अन्तर अवलोकन ।
पाप धर्म
स्वर्ग नर्क
सब धर्मका साझा सवाल
दीगभ्रमित एक भ्रमजाल
र पनि
तत्व तत्वमा अत्तो थापिदा
धर्मभित्रै हुने पून्यको बेहाल
धर्मभाकेर धर्म बिरुद्द गरिने पाप
स्वर्गको सपनामा फुल्ने नर्कको सन्ताप
ईश्वर बन्नखोज्ने मानिस प्रति
आस्थाविचको अनास्था प्रति
चुनौतिको सवाल
रेखीय संजाल
समस्याको ढाकरलाई
समाधानको नाम्लो खकन
अन्तर अवलोकन ।
दृश्यबाट आवर्तित
दृस्टी रेखा
अक्षरहरुमा परावर्तित
मेरो कविता
रेखाहरुका रेखीय उदबोधन
अन्तर अवलोकन । ।