भारत सरकारद्वारा एम्बुलेन्स सहयोग


तामाङपेज , १३ माघ :

पाल्पाको बगनासकाली गाउँपालिकामा रहेको चापपानी स्वास्थ्यचौकीलाई भारत सरकारले एम्बुलेन्स सहयोग गरेको छ ।

भारतको ७०औँ गणतन्त्र दिवसको अवसरमा शनिबार स्वास्थ्यचौकीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरिएको हो । काठमाडौँमा भएको कार्यक्रममा भारतीय राजदूत मञ्जितसिंह पुरीले बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल र स्वास्थ्य शाखा संयोजक मणि अधिकारीलाई संयुक्तरूपमा एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो ।

यहाँ एम्बुलेन्स सेवा शुरु भएपछि बिरामी, सुत्केरी महिला र अन्य बिरामीलाई नियमितरूपमा एम्बुलेन्स सेवा प्रदान गरिने अध्यक्ष बस्यालले बताउनुभयो ।

प्रकाशित: समय: 8:01:15  493पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार