दुबै मृगौला पीडितद्वारा सहयोगको याचना


तामाङपेज, ११ माघ

मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ३ (सिद्दकाली)मा बसोबास गर्ने वीर बहादुर वाईबाको दुबै मृगौलाले काम नगरेको धेरै समय बितिसक्दा पनि मृगौला प्रत्यारोपण गर्न सकिरहेको छैन।

मृगौला रोगीको घर परिवारको आर्थिक अवस्था अतिनै दयनीय भएको र अहिले सम्म कुनै पनि सहयोगी हातहरु नपाईएको हुँदा बिरामीको मृगौला प्रत्यारोपण गर्न नसकेको समाजसेवी समीर तामाङले तामाङपेजलाई जानकारी दिनुभएको हो।

तामाङले वीर बहादुर वाईबाको दुबै मृगौला प्रत्यारोपण गर्नका लागि देश तथा बिदेशमा विभिन्न सामाजिक क्षेत्रमा आबद्ध हुनुभएका सम्पूर्णलाई वाईबालाई अकाल मृत्युबाट बचाउन उपचारको लागि आर्थिक सहयोग गरिदिन सबैसँग आग्रह समेत गर्नुभएको छ।

बिरामीको उपचारका लागि सहयोग गर्न चाहनुहुनेले एसवीआई बैंक खाता न. २००१५२४०७०२१९६मा रकम सहयोग गर्न सक्नुहुनेछ साथै बिरामीको बुबा आशाकाजीको मोबाइल +९७७-९८१२२६५८९३ र समाजसेवी समीर तामाङको मोबाइल न.+९७७-९८५५०८२७७१मा सम्पर्क गरी सहयोग गरिदिनुहुन अनुरोध गरेका छन।

प्रकाशित: समय: 13:21:10  578पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार