दुर्घटनामा घाइते पत्रकारलाई राहत


तामाङपेज,११ माघ

नेपाल पत्रकार महासङ्घ दाङ शाखाको बैठकले दुर्घटनामा परी घाइते हुनुभएका कार्यसमिति सदस्य प्रेमविवश घर्ती र साधारण सदस्य अमर क्षितिज भण्डारीलाई रु पाँच/पाँच हजार राहत प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै पत्रकार विकास डाँगीको आमाको उपचारका लागि रु १० हजार सहयोग गर्ने निर्णय गरेको छ । बैठकले पत्रकार डाँगीको आमाको उपचारका लागि आर्थिक अभाव भएका कारण सहयोग गरिदिन सबैलाई आह्वानसमेत गरेको छ ।

पत्रकार महासङ्घ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा बसेको बैठकले घोराही उपमहानगरपालिकाले नेपाल पत्रकार महासङ्घको संस्थागत विकासका लागि विनियोजन गरेको बजेट पत्रकार महासङ्घको भवनको स्तरोन्नतिका लागि खर्च गर्ने निर्णय गरेको छ ।

लामो समय पत्रकारिता क्षेत्रको विकासका लागि क्रियाशील रहेर नेपाल पत्रकार महासङ्घ दाङ शाखाका संस्थापक सदस्यसमेत रहनुभएका टीकाराम रेग्मीले दिनुभएको राजीनामा स्वीकृत गर्दै बैठकले विशेष सम्मानका साथ बिदाइ गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित: समय: 3:31:29  397पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार