तामाङपेज,१० माघ
बेलकाेटगढी-४ दियाले नुवाकोटमा बृहत् ल्हाेछार धमका विविध कार्यक्रमका साथमा हुने भएको छ ।
तामाङ, कला ,संस्कृति , भाषा ,भेषभुषा रितिरिवाजकाे सम्मान तथा जगेर्ना गर्दै २१४६ अाैँ फाग ल्हाे ग्याल्पाे ल्हाेछारकाे अबसारमा निङमापा साङागा गुम्बा र नुवाकोट बाैद्ध जागरणकाे संयुक्त आयोजनामा नुवाकोटका बेलकाेटगढी नगर प्रमुख ज्युकाे प्रमुख अातिथ्यता रहने गरि यही माघ २२ गते बृहत् ल्होछार धमका विविध कार्यक्रमका साथमा हुने भएको छ ।
बेलकाेटगढी नगरपालिका वडा नं-४ नुवाकोटमा अवस्थित निङमापा साङाग गुम्बा साथै रहेकाे छ्योर्देन प्राङ्गणमा विहान अाठ बजे देखि बुद्ध दर्शन तथा पुजा प्रारम्भ भै विहान एघार बजे देखि अाैपचारिक बृहत् साङगितिक धमका सञ्चालन हुने गरि अायाेजना गरिएको कार्यक्रम संयाेजक लामा गुरु एवम् नुवाकोटका समाजसेवी शेरब लामाले बताउनुभएको हो ।
कार्यक्रममा तामाङ कला संस्कृति रितिरिवाज झल्काउने विविध तामाङ कला नृत्य प्रदर्शनी, सेलाे तथा म्हेन्दाेमाया साँस्कृतिक धमका , राष्ट्रिय तथा स्थानिय हाँस्यकलाकारहरुकाे बेजोड प्रस्तुति , चेतना मुलक नाटक प्रदर्शनी , साथै राष्ट्रिय कलाकारहरुकाे बृहत् सङगीतिक धमका रहने भएको छ ।
यस ल्हाेछार कार्यक्रमका मिडिया पार्टनरमा राजधानीमा रहेको अनलाइन पत्रिका TAMANGPAGE तामाङपेज , नुवाकोटमा रहेको नुवाकोट कै पहिलो रेडियो नुवाकोट एफएफ १०६.८ मेगाहर्ज , रसुवामा रहेको रेडियो लाङटाङ ९०.३ मेगाहर्ज रहेकाे छ ।
कार्यक्रमले ल्हाेछार सम्बन्धि नयाँ पुस्तालाई ठुलाे जानकारी र अाफ्नाे पहिचान बुझाउन सजिलाे हुने लामाले बताउनु भएको छ।