तामाङ्पेज, ९ माघ :
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण शुरु गरेको छ ।
साविकको महिला तथा बालबालिका कार्यालय खारेज भई स्थानीय तहलाई उक्त अधिकार प्राप्त भएपछि नगरपालिकाले पहिलोपटक अपाङ्गता परिचयपत्र वितरण कार्य शुरु गरेको हो ।
नगरप्रमुख देवीलाल गौतमका अनुसार वितरण कार्य शुरु भएसँगै मङ्गलबार नगरपालिकाभित्रका ३१ जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र दिइएको हो ।
जसअन्र्तगत १२ महिला र १९ पुुरुषलाई विभिन्न वर्गको अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । नगरपालिकाले (क) वर्गको २, (ख) वर्गको ८, (ग) वर्गको १७ र (घ) वर्गको चार जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले अवदेखि कार्यालयबाट हरेक महीनाको ६ गते अपाङ्गता परिचयपत्र वितरण गर्ने जानकारी दिएको छ ।