नाङसाल क्लव नेपालको नियमित साहित्य कार्यक्रम सम्पन्न


तामाङपेज, ६ पुसः
नाङसाल क्लब नेपालको ९९ औँ  नियमित साहित्यिक वाचन तथा फग (ढ्वा) ल्हो २८५५ औं सोनाम ल्होछारको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सपन्न भएको छ। “मोख्खोन तामाङ गिक्खेन ताइ तामाङ ह्युल्वादा छार्ना लाइ”भन्ने नाराको साथ आज नियमित साहित्य वाचन कार्यक्रम बौधको तामाङ्ग घेदुङ्ग संघको कार्यालयमा गरेको हो।
नाङसाल क्लव नेपालद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट साहित्यिक प्रेमीहरुको उपस्थिती रहेको थियो।
शुभकामना मन्तब्य राख्ने क्रममा एभरेष्ट फेसन होम तथा मिस तामाङको प्रबन्धक रन्जिता लामा ,तामाङ चलचित्र निर्माता विनय तामाङ, नाङ्साल क्लब नेपालका सल्लाहकार तिर्थ लामा, नेपाल तामाङ पत्रकार महासङका महासचिब बुद्ध योन्जन,नाङसाल क्लबको सल्लाहकार ढक बहादुर घिसिङ,नाम्साधिम डट कमको अध्यक्ष हिरामान वलले आउदै गरेको फग ल्होछारको अवसरमा आफ्नो मन्तव्य राख्ने क्रममा कविता वाचन गर्नु भएको हो। नाङ्सल क्लव नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्य प्रेमी व्यक्तिहरुले आ -आफ्नो मन्तव्यको क्रममा कविताको माध्यमबाट ल्होछारको विशेष शुभकामना दिनु भएको थियो भने त्यस लगत्तै आफ्नो मन्तव्य राख्ने क्रममा धन कुमारी घिसिङ र संगीता थिङ्ले फापरे व्ह्याइको माध्यमबाट शुभकामना वक्त गर्नु भएको थियो । क्रमश साहित्यिक प्रेमि एनिका तामाङ (गजल,) सङे ब्लोन तामाङ (कविता), दिलिप मोक्तान (कविता,)आदि को प्रस्तुती रहेको थियो भने कार्यक्रम सन्चालन नाङसाल क्लबकी अध्यक्ष मिक्साङ तामाङले गर्नु भएको थियो।

 

Seen 12:17 PM

Chat Conversation End
प्रकाशित: समय: 6:44:00  609पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार