नेवा ताम्सालिङ समन्वय समितिले नागरिक दबाब कार्यक्रमका लागि पत्रकार सम्मेलन


तामाङपेज, १ माघ

नेवाः ताम्सालिङ समन्वय समितिले यही माघ ४ गते हुने नागरिक दबाब कार्यक्रम बारे आज हेटौँडामा पत्रकार सम्मेलन गरेको छ ।

प्रदेश नम्बर ३ को नाम ‘नेवाः ताम्सालिङ प्रदेश’ नराखेको दिनदेखि नै अनन्त कालसम्म लड्ने, आन्दोलन र ठूलै विद्रोहको शुरु हुने नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले चेतावनी दिएका छन। ११ बजे फरेष्ट्री गेटबाट र्याली सुरु हुने र बुद्धचोकमा जनसभा हुने अध्यक्ष गोलेले बताए ।

नेवाः ताम्सालिङ नामाकरण गरिदिन प्रदेश सरकारसँग माग गर्दै माघ ४ गते दबाबमुलक कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रमा नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले, नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाकार बुद्ध लामा, नेवाः ताम्सालिङ समन्वय समिति मकवानपुरको संयोजक तथा नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिला कुमार घलान, नेवाः ताम्सालिङ समन्वय समिति मकवानपुरको संयोजक योगेश्वार श्रेष्ठ, जनजाति महासंघ मकवानपुर अध्यक्ष तिर्थ थापा मगर लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: समय: 15:26:38  587पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार