नुवाकोटका दुई स्थानमा गाेरु जुधाई


तामाङपेज, २९ पुस
माघे संक्रान्ति नेपालकै ईतिहासमा नुवाकाेटमा बिल्कुल नयाँ ढङ्गबाट मनाईदै आएकाे छ ।जुन नेपालकाे अरु जिल्लामा नहुने गाेरु जुधाई मेला नुवाकोटका दुई ठाउमा लाग्ने गर्दछ ।
माघे संक्रान्तिमा नुवाकोटको तारकेश्वर गाउपालिका तारुकामा याे वर्ष ४७ हल गाेरु जुधाउने आयोजकले बताएको छ । यसै गरि नुवाकोट र रसुवाकाे सिमाक्षेत्र बेत्रावतीमा पनि केही पर्ष देखि गाेरु जुधाई मेला सुरु गरेको थियोे । यस वर्ष वेत्रावतीमा भने २७ हल गाेरु जुधाईने आयोजक कमिटीले बताएको छ । दुवै मेलामा प्रथम द्घितिय तृतीय र सान्त्वना हुने गाेरु धनीलाई नगत सहित प्रमाणपत्र प्रदान गरिने आयोजक टिमले बताउनुभएकाे छ ।
आफ्नै माैलिक पहिचान बाेक्न सकेकाे गाेरु जुधाई मेलाले नुवाकोटको सिर उच्च राख्न सफल भएको छ । मेला हेर्नका लागि गृह जिल्ला सहित धादिङ रसुवा गाेरखा चितवन काठमाडौ सिन्धुपाल्चोक लगायत १० जिल्ला भन्दा बढीका दर्शकहरुले अवलाेकन गर्ने भएको छ ।

 

प्रकाशित: समय: 3:26:56  628पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार