नेपाल मगर साँस्कृतिक संघ मलेसियाको प्रथम वार्षिक उत्सव तथा माघि विशेष कार्यक्रम् हुदै


तामाङपेज, २८ पुस

नेपाल मगर साँस्कृतिक संघ मलेसियाले जनवरी २० अर्थात माघ ६ गते आइतवार विहान दश बजे बागुस होटेलको छौंटौ तल्ला मलेसियामा प्रथम वार्षिक उत्सव तथा माघि विशेष कार्यक्रम् गर्ने भएको छ । भाषा,लिपि,कला संस्कृति र साहित्य रहे मात्रै जातीयताको अस्तित्व रहन्छ, जातीयताको अस्तित्व रहे मात्रै राष्ट्रियताको अस्तित्व रहन्छ भन्ने मुल नाराका साथ अनेकतामा एकताको मालामा उनिदै आजको सभ्यता भोलिको बिजेता भन्ने मुल उद्देश्यका साथ मलेसियामा सो कार्यक्रम हुन लागेको संघका अध्यक्ष याम बलाल मगरले जानकारी दिनुभएको छ ।

नेपाल मगर सांस्कृतिक संघको झण्डा मुनि गोलबद्ध भई आफ्नो भाषा,लिपि,कला, संस्कृति,साहित्य,पहिचान,अस्थित्व,भेषभुषा र रितिरिवाजको संरक्षण त्यसैगरी प्रबासबाट भए पनि बर्तमान र भबिष्यमा आफ्नो हक अधिकार,जातीयता र सामाजिक मेलमिलाप असाय असक्त पीडितहरुलाई सहयोग गर्दै सद्भावमा संगीतको माध्यमबाट जनचेतना र सन्देशको दिन विशेष गरी साँस्कृतिक कार्यक्रमबाट  प्रभावकारी हुने भन्दै साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको नेपाल मगर संघ मलेसियाको सदस्य तथा नेपाल मगर साँस्कृतिक संघ मलेसियाका महासचिव मीन बहादुर पुन मगरले जानकारी दिनुभएको छ ।

नेपालबाट मलेसियालाई कर्म थलो बनाइ मलेसियाका बिभिन्न ठाँउहरुमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली मगर दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त कार्यक्रममा आफ्नो मौलिक भेषभुषा,कला,संस्कृति सहित र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ उपस्थिति भई कार्यक्रम सब्य अनि भब्य रुपमा सफल पारिदिन  संस्थाले सबैमा अनुरोध गरेको छ भने मौलिक भेषभुषा,कला,र संस्कृति झल्किने उत्कृष्ट झाँकी जूलूस सहित आउने संघ संस्थाहरुलाई उचित पुरस्कारको ब्यबस्था पनि गरिएको आयोजकले बताएको छ ।

प्रकाशित: समय: 2:53:55  1086पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार