तामाङपेज पुस २७/
नुवाकोट अाफैमा साहित्यले स्पर्श गरेकाे जिल्ला मान्न सकिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले नुवाकोट झिल्टुङ लगायतका ठाउँहरुकाे सुन्दरताकाे वर्णन गरेको पाईन्छ । महाकवि देखि यता अहिलेसम्मकाे समयमा अाइपुग्दा नुवाकोटमा धेरै हाेनहार साहित्य स्रष्टाकाे उत्पादन भैसकेको तथ्यांक पर्याप्त भेट्टाउन कुनै दुविधा मान्नु पर्दैन । नेपाल साहित्यिक पत्रकार संघ नुवाकोटले गत वर्ष देखि शब्दहरुकाे खाेजी एवम् विकास हाेस भन्ने उदेश्यले “शब्द शिविर ” नाम दिएर रचना वाचन कार्यक्रम सञ्चालन गर्दै अाएकाे छ । शब्द शिविर मासिक रुपमा हरेक महिनाकाे अन्तिम शनिबार जिल्लाकाे भिन्न भिन्न ठाउँमा सञ्चालन गर्दै आएको र यस वर्ष पनि संघले वार्षिक कार्यक्रम साथसाथै शब्द शिविर पनि एकै साथ गर्न लागेको संघले बताएको छ ।
शब्द शिविर – रचना वाचन कार्यक्रम यही पाैष अन्तिम शनिबार बट्टार बसपार्क नुवाकोटमा विहान ११ बजे उद्घाटन गर्ने निर्णय गरेको संघका अध्यक्ष सुमित्रा सुमीले बताउनुभएको छ ।