गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रलाई सम्मान गर्नु पर्छ : पूर्वमन्त्री बडाल


तामाङपेज, २७ पुस

पूर्वमन्त्री केशवप्रसाद बडालले सबै नेपालीको घरआँगनमा लोकतन्त्र आए मात्र यो टिकाउ हुने बताउनुभएको छ ।
गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रको १११ औँ जन्मजयन्तीका अवसरमा युद्धप्रसाद मिश्र प्रतिष्ठानले वाल्मीकि क्याम्पसमा आयोजना गरेको कार्यक्रममा नेकपाका नेता बडालले क्रान्तिको उपभोग सबैले गर्नुपर्नेमा जोड दिनुभयो । नेता बडालले मिश्रले गणतन्त्रका लागि ऊर्जा दिएकाले उहाँलाई सम्मान गर्न आग्रह गर्नुभयो ।
साहित्यकार अनिल पौडेलले कुनै सडक वा अस्पताल मिश्रको नामसँग जोडिनु पर्ने तथा उहाँको लेखरचनाको खोजी र अनुसन्धान गरेर सङ्कलन गर्नुपर्ने बताउनुभयो । साहित्यकार भागवत ज्ञवालीले मिश्र नेपाली साहित्यको मूल धरोहर रहेको विचार व्यक्त गर्नुभयो ।

प्रकाशित: समय: 13:34:25  553पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार