स्वर्गीय तामाङ नायक तिर्थ कुमार लामाको सम्झनामा दीप प्रज्वलन


तामाङपेज, २५ पुस

तामाङ चलचित्र संघले स्वर्गीय तामाङ नायक तिर्थ कुमार लामाको सम्झनामा १३अौं दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आज सम्पन्न गरेको छ। उक्त कार्यक्रम संघका अध्यक्ष बिकु थोकरको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सम्पन्न भएको हो।

तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकर,तामाङ कलाकार संघको अध्यक्ष संजीब वाईबा र एभरेष्ट फेसन होमका अध्यक्ष तथा नायिका रञ्जिता ब्लोन लगायत विभिन्न तामाङ कलाकारहरूले आ-आफ्नो शोक मन्तव्य राख्नुभएका थिए।

चलचित्र संघको अध्यक्ष थोकरले तामाङ चलचित्र जगतका उज्ज्वल नक्षत्र गुमाएको र स्वर्गीय नायकले कला मार्फत समाज प्रति दिनुभएको योगदानलाई कहिल्यै पनि बिर्सन नसकिने धारणा राख्नुभएको थियो।

कार्यक्रममा तामाङ कलाकार, तामाङ पत्रकार, गायक गायिका र नायक नायिकाको बाक्लो उपस्थिति रहेकोे  थियो।

तस्बिर सौजन्य : विकास देव लामा

प्रकाशित: समय: 15:59:31  947पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार