तामाङपेज, २५ पुस
राष्ट्रपति विद्यादेवी भण्डारीका लागि एक अर्ब ५० करोड रुपैयाँ भन्दा बढीमा खरिद गरिएको सैनिक हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ ।
नेपाली सेनाका चालक (पाइलट)बाट २ पटकसम्म टेस्ट फ्लाइट भइसकेको चालक दलका सदस्य बाहेक १४ सीट क्षमताको इटालियन अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९ हेलिकप्टर मंसिर पहिलो साता नै काठमाडौं ल्याइएको थियो । तर नेपाली सेनाको सम्भार रथी विभागले हेलिकप्टर बाहेक त्यसको स्पेयर्स पार्टस् विना हस्तान्तरण प्रक्रिया अघि नबढाउन हवाई महानिर्देशनालयलाई निर्देशन दिएपछि उक्त हेलिकप्टर विमानस्थलमा अलपत्र परेको हो । -कारोबार दैनिकबाट